हाम्रा सेवा र उद्देश्यहरू
तीर्थयात्री सेवा
मुक्तिनाथ, पशुपतिनाथ, लुम्बिनी, रिडि आदि अन्य तिर्थस्थल जाने भक्तजनहरुलाई उचित खानपान बास साथै मार्गदर्शन तथा सेवा सुविधा प्रदान गर्दै आएको ।
धार्मिक तथा आध्यात्मिक शिक्षा प्रवर्द्धन
सनातन धर्म प्रचार-प्रसार धार्मिक ग्रन्यहरुको अध्ययन-अध्यापन भजन कीर्तन सत्सङ्ग तथा प्रवचन कार्यक्रम ।
संस्कार र संस्कृति संरक्षण
वैदिक संस्कृति, परम्परा र धार्मिक चेतनालाई जगेर्ना गर्दै भावी पुस्तालाई यसको महत्व बुझाउने ।
समाजसेवा र मानव सेवा
गौ सेवा अन्नदान, वस्त्रदान तथा अन्य परोपकारी कार्यहरु ।
योग र ध्यान कार्यक्रम
मानसिक शान्ति रआत्माज्ञानका लागि ध्यान तथा योग साधनाका विशेष कार्यक्रम सञ्चालन ।
एकादशी कथा एवं भजन-कीर्तन
हरेक एकादशीमा एकादशी माहात्यकथा प्रवचन, भजन-कीर्तन ।
विशेष तिथि पर्वहरुमा भव्य उत्सव
श्रीकृष्ण जन्माष्टमी, राधाष्टमी, रामनवमी, अक्षयतृतीया, शिवरात्री, ऋषितर्पणी, भागवत जयन्ती, निम्वार्क जयमती, गुरुपूर्णिमा, जगद्गुरु जन्मोत्सव, जगद्गुरु गद्धी आरोहण महोत्सव आदि पर्वहरुमा विशेष कार्यक्रम ।
नित्यकार्यक्रमहरू
श्रीराधाकृष्ण भगवानको सेवा, पूजाआरधना, आरति, भजन कीर्तन आदि हुने ।
अन्य उद्देश्यहरू
- जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने ।
- समाजमा वैद्धिक सनातन धर्मको प्रचार प्रसार गरि नैतिक शिक्षा प्रदान गर्दै सु-संस्कृत समाज निर्माण गर्ने ।
- तिर्थ यात्रीहरुका लागि भोजन तथा बासको लागि अन्नक्षेत्र सञ्चालन गर्दै आएको ।
- जगदगुरु निम्वार्काचार्यको पवित्र समन्वय दर्शनद्वारा उपदिष्ट सेवा पूजालाई संस्थाले अनुकरण गर्ने र समाजमा शिक्षा स्वास्थ्य वातावरण सद्भाव शान्ति सहिष्णुता अभिवृद्धि गर्दै भौत्तिक तथा आध्यात्मिक जीवनलाई उन्नत पार्ने ।
हाम्रो सेवा र उद्देश्यहरूलाई समर्थन गर्न चाहनुहुन्छ ?
हाम्रो उद्देश्यहरूलाई निरन्तरता दिन योगदान गर्न इच्छुक भक्तजनहरूका लागि:
Bank: Lumbini Bikas Bank Ltd.
Account Name: SHREE GOPAL SEWA KENDRA
Account No: 00111000004317000001
