हाम्राे बारेमा

श्री गोपाल सेवा केन्द्र (गोपालधाम)
जगद्गुरु आश्रम
स्थापित २०६५/१०/२५
हाम्रो कथा
नेपालको पर्यटकीय राजधानी तथा प्राकृतिक सुन्दरता धार्मिक तथा सास्कृतिक र गतिविधिको केन्द्र सुन्दर नगरी गण्डकी प्रदेश, कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १८, नयाँ बसपार्क (विन्ध्यवासिनी वसपार्क) देखि करिब आधा कि.मि पश्चिम तर्फ पोखरा वेसी फाँटको पारिपट्टी पकौदी वनको फेदीमा लक्ष्मीधारा भन्ने ठाउँमा अवस्थित यस श्री गोपाल सेवा केन्द्र (गोपालधाम) पोखराको प्राकृतिक सौन्दर्यतापूर्ण माछापुच्छ्रे र अन्नपूर्ण हिमालको काख कृष्णा र शुक्ला गण्डकीको माझमा रहको महर्षिकश्यप लगायत धेरै ऋषीहरुको तपोभूमि भएको हुँदा यसको छुट्टै महत्व रहेको छ । त्यति मात्र नभइ यो भूमि सुदुर्लभ पूण्य वसुन्धरा देवभूमि श्री सर्वेश्वर शालिग्राम भगवानको धर्ती गण्डकी तट पुष्करावती तीर्थ पोखराको पूण्य भूमिमा रहेकोले यसको छुट्टै अस्तित्व र पहिचान रहेको कुरा पनि सर्वविदितै छ ।
"वसुधैव कुटुम्बकम्" को उदार मानवीय नीति वैदिक सनातन धर्मका माध्यमले समाजमा शान्ति सहिष्णुताको अभिवृद्धि गर्दै भौतिक तथा आध्यात्मिक जीवनलाई उन्नत पार्ने सेवामूलक कार्यक्रम सञ्चालन गरेर मानव जीवन उन्नत वनाउने पवित्र उद्देश्यले सात्विक भावनापूर्ण गैह्रसरकारी एवं मुनाफारहित संस्था हो । यस संस्थाका प्रमुख संरक्षक जगद्गुरु श्रीवालसन्त मोहनशरण देवाचार्य महाराजश्रीका सत्सङ्कल्पबाट मिति २०६५/१०/२५ मा स्थापना भएको व्यहोरा यहाँहरु समक्ष जानकारी गराउन चाहन्छौ ।
Team
हाम्रो दक्ष र समर्पित टोली – तपाईंको सेवाका लागि सदैव तयार!"

धर्मराज सिग्देल
अध्यक्ष९८४६०४८४८६

लक्ष्मी शरण पराजुली
उपाध्यक्ष९८४६२६२२०८

रामजी प्रसाद पराजुली
सचिव९८४६११९४८०

दिनेश दाहाल
कोषाध्यक्ष९८६३९७९८५४
हाम्रो सेवा र उद्देश्यहरूलाई समर्थन गर्न चाहनुहुन्छ ?
हाम्रो उद्देश्यहरूलाई निरन्तरता दिन योगदान गर्न इच्छुक भक्तजनहरूका लागि:
Bank: Lumbini Bikas Bank Ltd.
Account Name: SHREE GOPAL SEWA KENDRA
Account No: 00111000004317000001
