श्री राधाकृष्णाभ्यां नमः
जगद्गुरु श्रीनिम्बार्काचार्यो विजयतेतराम्
रसो यः परमानन्द एक एवं द्विधा सदा ।
श्रीराधाकृष्णरूपाभ्यां तस्यै तस्मै नमो नमः ।।
हार्दिक निमन्त्रणा
परमाराध्य श्रीराधाकृष्ण युगलसरकारको प्राणप्रतिष्ठाको प्रथम वार्षिकोत्सव एवं श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ महोत्सव २०८३
मिति: बैशाख ५(शनिबार) - ११(शुक्रबार), २०८३
ठाउँ: श्री गोपाल सेवा केन्द्र (गोपालधाम) - जगद्गुरु आश्रम
पोखरा महानगरपालिका वडा नं. १८, लक्ष्मीधारा, कास्की
"हार्दिक निमन्त्रणा"
आदरणीय मान्यजनहरू एवं धर्मप्राण भक्तजनहरु,
यस श्री गोपाल सेवा केन्द्र (गोपालधाम) जगद्गुरु आश्रम, पोखरामा राधाकृष्ण भगवानको प्राणप्रतिष्ठाको प्रथम वार्षिकोत्सवको शुभ उपलक्ष्यमा २०८३ वैशाख ५ गतेदेखि ११ गतेसम्म हुने श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञमा प्रमुख कथा दिग्दर्शन वाचन शिरोमणि पं. श्री दिपक सापकोटाज्यूको मुखारविन्दबाट हुने हुँदा उक्त कथा श्रवण गरि लाभ उठाउनुहुनको लागि सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौं।
कार्यक्रम
परमाराध्य श्रीराधाकृष्ण युगलसरकारको प्राणप्रतिष्ठाको प्रथम वार्षिकोत्सव एवं श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ महोत्सव २०८३
मिति: बैशाख ५(शनिबार) -
११(शुक्रबार), २०८३
ठाउँ: श्री गोपाल सेवा केन्द्र (गोपालधाम) - जगद्गुरु आश्रम
पोखरा महानगरपालिका वडा नं. १८, लक्ष्मीधारा, कास्की
कथा वाचक
पं. श्री दिपक सापकोटाज्यू
विवरण
• पूर्वाङ्ग: २०८३ वैशाख ५ गते
• भागवत् पाठ पारायण: २०८३ वैशाख ६ गते (विहान ८:०० बजेदेखि)
कथा प्रवचन: मध्यान्ह १२:०० बजे देखि ४:०० बजेसम्म
• दैनिक कार्यक्रम (वैशाख ७ गतेदेखि ११ गतेसम्म):
• दैनिक पाठ पारायण: विहान ८:०० बजेदेखि
• कथा प्रवचन: मध्यान्ह १२:०० बजे देखि ४:०० बजेसम्म
भागवत् पाठ गरिने मन्दिर
हाम्रो सेवा र उद्देश्यहरूलाई समर्थन गर्न चाहनुहुन्छ ?
हाम्रो उद्देश्यहरूलाई निरन्तरता दिन योगदान गर्न इच्छुक भक्तजनहरूका लागि:
Bank: Lumbini Bikas Bank Ltd.
Account Name: SHREE GOPAL SEWA KENDRA
Account No: 00111000004317000001