sri-krishna-nimbarka-sampradaya-tilak

श्री राधाकृष्णाभ्यां नमः
जगद्‌गुरु श्रीनिम्बार्काचार्यो विजयतेतराम्

रसो यः परमानन्द एक एवं द्विधा सदा ।
श्रीराधाकृष्णरूपाभ्यां तस्यै तस्मै नमो नमः ।।

हार्दिक निमन्त्रणा

परमाराध्य श्रीराधाकृष्ण युगलसरकारको श्रीविग्रह प्राणप्रतिष्ठा एवं श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ महोत्सव २०८२

मिति: बैशाख १५(सोमबार) - २२(शुक्रबार), २०८२
ठाउँ: श्री गोपाल सेवा केन्द्र (गोपालधाम) - जगद्गुरु आश्रम
पोखरा महानगरपालिका वडा नं. १८, लक्ष्मीधारा, कास्की

radhey krishna

"हार्दिक निमन्त्रणा"

आदरणीय मान्यजनहरू एवं धर्मप्राण भक्तजनहरु

परमाराध्य गण्डकीनन्दन श्रीसर्वेश्वर प्रभुको अनन्त कृपाकटाक्ष अनुग्रह र नेपाल राष्ट्रवासी सम्पूर्ण धर्मप्राण धार्मिक जनसमुदाय विभिन्न धार्मिक सङ्घसंस्था र समूहहरुको सामूहिक सहयोग, सहानुभूति कृपापूर्ण दृष्टिले “नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगद्गुरु अनन्तश्री विभूषित श्रीबालसन्तमोहनशरणदेवाचार्य महाराजश्री" को सत्संकल्पमा कास्की जिल्ला पोखरा महानगरपालिका -१८ लक्ष्मीधारा, श्री गोपाल सेवा केन्द्र (गोपालधाम) जगद्‌गुरु आश्रमको प्राङ्गणमा नवनिर्मित मन्दिरमा श्रीराधाकृष्ण भगवानको विग्रह स्थापना गर्ने शुभ अवसरमा श्रीविग्रहको दर्शन गरि नेत्र सफल गराई पुण्यको भागी बन्नुहुन धर्मप्राण भक्तजनहरुमा गोपालधाम परिवार हार्दिक निमन्त्रणा गर्दछौं ।

कार्यक्रम

परमाराध्य श्रीराधाकृष्ण युगलसरकारको श्रीविग्रह प्राणप्रतिष्ठा एवं श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ महोत्सव २०८२

मिति: बैशाख १५(सोमबार) - २२(शुक्रबार), २०८२
ठाउँ: श्री गोपाल सेवा केन्द्र (गोपालधाम) - जगद्गुरु आश्रम
पोखरा महानगरपालिका वडा नं. १८, लक्ष्मीधारा, कास्की

विवरण

• २०८२ वैशाख १५ गते सोमबार: वैदिक विधिविधानपूर्वक परमाराध्य श्रीसर्वेश्वर युगलकिशोर भगवानको प्राणप्रतिष्ठा प्रारम्भ भई १७ गते अक्षयतृतीयाको शुभबेलामा श्रीविग्रहहरुको प्राणप्रतिष्ठा गरिने। श्रीविग्रहहरुलाई नगर परिक्रमा र शोभायात्रा गरिने समय बिहान १०:०० बजे।

• १६ गते मङ्गलबार: अखण्ड हरिनाम सङ्कीर्तन प्रारम्भ (२४ घण्टा)।

• वैशाख १७ गते: एक सय आठ गौमाताको दूधद्वारा भगवान श्रीसर्वेश्वर प्रभुलाई अभिषेक गरिने र अक्षयतृतीयाको शुभबेलामा श्रीविग्रहहरुको प्राण प्रतिष्ठा गरिने।

• वैशाख १५ देखि २२ गते: श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ कथा प्रवचन पूज्यपाद जगद्‌गुरु महाराजश्रीका मुखारविन्दबाट आशिर्वचन प्रदान हुने।

• अक्षयकोष दाता, दान दाता, मुष्ठी दाता आदिलाई: पूज्यपाद जगद्‌गुरु महाराजश्रीका करकमलबाट सम्मान गरिने।

Gopal Sewa Kendra

प्राणप्रतिष्ठा गरिने श्री राधाकृष्ण मन्दिर